logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • न्युरोडका सडकमा पार्किङ गर्न पाइँदैन, हो–हल्लाले केही हुँदैन : राजुनाथ पाण्डे

    982Shares
    न्युरोडका सडकमा पार्किङ गर्न पाइँदैन, हो–हल्लाले केही हुँदैन : राजुनाथ पाण्डे

    काठमाडौं । काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले न्युरोडका सडकमा पार्किङ गर्न नपाइने बताएका छन् । सडकमा पार्किङ गर्न नपाइने नीतिअनुसार नगरप्रहरी अगाडि बढेको र हो–हल्लाले केही नहुने बताएका हुन् ।

    बिहीबार (असार १९) दिउँसो २ बजे नगरप्रहरी टोली न्युरोडस्थित ताम्राकार हाउसबाहिर पार्किङ गरिएका सवारीसाधनमा ‘ह्वीललक’ लगाउन पुगेको थियो । त्यसपछि सो क्षेत्रमा पार्किङ गर्न पाउनुपर्ने माग राख्दै व्यवसायीहरूले सटर ‘डाउन’ गरेका थिए ।

    पाण्डेले पार्किङ गर्ने ठाउँ हुँदाहुँदै सडकमा राखिएको जिकिर गरे । “काठमाडौं मल, धरहरा लगायतका क्षेत्रमा पार्किङ गर्ने ठाउँ हुँदाहुँदै त्यहाँ राखियो । अनावश्यक होहल्ला गरियो । न्युरोडको सडकमा सबैलाई पार्किङ गर्न छोडिदिने हो भने के हालत होला,” उनले भने ।

    ‘पिक एन्ड ड्रप’अनुसार, नगरप्रहरीले कारबाही गर्दै आएको उनले बताए । “सडकमा पार्किङ गर्न पाइँदैन । महानगरभित्रका सडकमा त्यस्तो पाए तत्काल कारबाही गर्दै आएका छौँ,” पाण्डेले भने ।



    फास्ट न्युज    
  • २०८२ असार १९, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट