logo

२०८३ श्रावण १७ आईतवार

logo
  • २०८३ श्रावण १७ आईतवार
  • केही ठाउँमा आजदेखि धेरै भारी वर्षा हुने

    1.1KShares
    केही ठाउँमा आजदेखि धेरै भारी वर्षा हुने

    काठमाडौं । देशका केही ठाउँमा धेरै भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै कर्णाली, सुदूरपश्चिम, लुम्बिनी प्रदेशका पहाडी भू(भाग र तराईका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने जानकारी गराएको छ ।

    महाशाखाका अनुसार आज साँझदेखि सोमबारसम्मे ती क्षेत्रमा धेरै भारी वर्षा हुनेछ । भारी वर्षा भनेको २४ घण्टामा ५० मिलिमिटरदेखि १०० मिलिमिटरसम्म वर्षा हुने भने धेरै भारी भनेको १०० मिलिमिटरदेखि २०० मिलिमिटर पानी पर्नु हो ।ठूलो पानी पर्ने भएकोले भू(क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम हुँदा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको छ ।

    ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन(जीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सचेत गराएको छ ।



    फास्ट न्युज    
  • २०८२ असार १४, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट