logo

२०८१ माघ ६ आइतबार

logo
  • आइतबार, ६ माघ २०८१
  • आप्रवासी कामदारकोे समस्याप्रति सरकार गम्भीर छ : मन्त्री भण्डारी

    आप्रवासी कामदारकोे समस्याप्रति सरकार गम्भीर छ : मन्त्री भण्डारी

    507
    SHARES
    आप्रवासी कामदारकोे समस्याप्रति सरकार गम्भीर छ : मन्त्री भण्डारी
    काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद्सिंह भण्डारीले वैदेशिक रोजगारलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
    बिहीबार काठमाडौंमा नेपालका बहुपक्षीय संस्थाका पूर्वअन्तर्राष्ट्रिय व्यवसायीको संस्था ‘फिप्मो’द्वारा आयोजित कार्यक्रममा उहाँले देशभित्रै पर्याप्त रोजगारको अवसर सिर्जना नभएसम्म वैदेशिक रोजगारलाई व्यवस्थित बनाउनुपर्ने आवश्यकता औँल्याउँदै यसका चुनौतीबारे चर्चा गर्नुभएको हो ।
    अवैध बाटोबाट प्रतिबन्धित मुलुकमा पुगेका नेपाली महिला श्रमिक अलपत्र परिरहेको सन्दर्भ उल्लेख गर्दै मन्त्री भण्डारीले वैधानिक बाटो खोल्नुपर्ने आवश्यकता औँल्याउनुभयो । मन्त्रालयको प्राथमिकतामा वैदेशिक रोजगार मात्र नभएको भन्दै वैदेशिक रोजगारबाट फर्किएका श्रमिकको सीप र पुँजीलाई उत्पादनसँग जोड्न सरकार प्रयासरत रहेको उहाँको भनाइ थियो । मन्त्री भण्डारीले यसका लागि सहकार्य गर्ने सम्बन्धित सबै सङ्घसंस्थालाई एकद्वार प्रणालीबाट ल्याउनुपर्ने आवश्यकता पनि औँल्याउनुभयो ।
    उहाँले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण९ओएनएम० गरेर मन्त्रालयको पुनःसंरचना गर्ने तयारीबारे जानकारी दिँदै उहाँले आन्तरिक रोजगार महाशाखा स्थापना गरिने बताउनुभयो । “यस मन्त्रालयअन्तर्गतको पुनःसंरचनामा वैदेशिक रोजगार महाशाखा, वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार बोर्ड छन् । यसले के इम्प्रेसन दिन्छ भने यस मन्त्रालयले खाली विदेश मात्र पठाउने काम गर्छ”, उहाँले भन्नुभयो, “पुनःसंरचनाअन्तर्गत हामीले आन्तरिक रोजगार महाशाखा स्थापना गर्दैछौँ । यसलाई मन्त्रिपरिषद्मा छिट्टै पठाउँदैछौँ ।”
    मन्त्री भण्डारीले आप्रवासी कामदारले भोग्दै आएको समस्याको समाधानका लागि मन्त्रालय प्रयासरत रहेको बताउनुभयो । उहाँले विश्वका विभिन्न मुलुकमा कागजपत्रको अभावमा अवैध रुपमा बस्न बाध्य नेपालीलाई आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
    “नेपाली नागरिक जुनसुकै देशमा अवैध रुपमा बस्नुपर्ने बाध्यता छ भने आवश्यक ‘डकुमेन्ट’लाई वैधानिक बनाउने काम नेपाल सरकारको हो”, मन्त्री भण्डारीले भन्नुभयो, “ती मुलुकहरुले उहाँहरुलाई काम दिएको हुन्छ । तर हामीले फाराम भरेन, काम गर्ने इजाजत पत्र लिएन लगायतका बहानामा अलपत्र पार्नु हुँदैन ।”


    फास्ट न्युज
  • बिहिबार, १७ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट