logo

२०८३ असार १५ सोमबार

logo
  • २०८३ असार १५ सोमबार
  • असार १५ आज : राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै

    892Shares
    असार १५ आज : राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै

    काठमाडौँ ।  आज असार १५ अर्थात राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । “मानो रोपेर मुरी फलाउने” दिनका रूपमा परिचित असार १५ नेपाली कृषिसंस्कृतिसँग गहिरो रूपमा जोडिएको पर्व हो ।

    यस वर्ष २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको नारा “जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” तय गरिएको छ । बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटाका अनुसार जलवायु परिवर्तनको चुनौतीलाई ध्यानमा राख्दै आधुनिक तथा वातावरणमैत्री प्रविधिमार्फत धान उत्पादन बढाउने उद्देश्यसहित यो नारा चयन गरिएको हो ।

    नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा २०६१ साल मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको हो । किसानलाई प्रोत्साहन गर्ने, कृषिप्रति आकर्षण बढाउने तथा खाद्यान्नमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्यसहित प्रत्येक वर्ष यो दिवस मनाइँदै आएको छ ।

    असार १५ लाई दही–चिउरा खाने परम्परासँग पनि जोडेर हेरिन्छ । रोपाइँको चटारोबीच दही–चिउरा खाने चलन नेपाली समाजमा संस्कृतिका रूपमा स्थापित भएको छ ।

    धान नेपालको प्रमुख खाद्यान्न बाली हो । कृषि क्षेत्रबाट प्राप्त कुल गार्हस्थ्य उत्पादनमध्ये धानको योगदान करिब १२ प्रतिशत रहेको छ भने राष्ट्रिय अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान करिब ३३ प्रतिशत रहेको तथ्याङ्क छ ।

    यद्यपि पर्याप्त जलस्रोत, उर्वर भूमि र जनशक्ति हुँदाहुँदै पनि नेपालमा धान उत्पादन अपेक्षाअनुसार बढ्न सकेको छैन । कृषि विज्ञहरूका अनुसार युवा जनशक्तिको विदेश पलायन, खेतीयोग्य जमिनको खण्डीकरण र घडेरीकरण, सिँचाइको अभाव, उन्नत बीउबिजन तथा मलको उचित प्रयोग नहुनु र धानको समर्थन मूल्य प्रभावकारी रूपमा निर्धारण नहुनुले उत्पादनमा असर परेको छ ।



    फास्ट न्युज    
  • २०८३ असार १५, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट