logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • काठमाडौंमा आज एमाले र राप्रपाको प्रदर्शनका लागि छुट्टाछुट्टै समय

    991Shares
    काठमाडौंमा आज एमाले र राप्रपाको प्रदर्शनका लागि छुट्टाछुट्टै समय

    काठमाडौं। काठमाण्डौमा आज प्रदर्शन र कार्यक्रम गर्न लागेका सत्तारुढ एमाले र राजावादी समूहलाई प्रशासनले छुट्टाछुट्टै समय उपलब्ध गराएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले पहिले एमालेलाई कार्यक्रम गर्न र त्यसपछि राजावादीको प्रदर्शन गर्न समय छुट्याएको हो ।

    एमालेलाई भृकुटीमण्डपमा साढे १० बजेदेखि कार्यक्रम शुरु गरेर सवा २ बजेसम्म सक्न प्रशासनले अनुरोध गरेको छ । त्यसपछि शान्तिबाटीका क्षेत्रमा प्रदर्शनका लागि राजावादीलाई समय दिइएको छ ।
    एमालेले आज गणतन्त्र दिवस मनाउने कार्यक्रम छ । राप्रपालगायत दल र राजावादी समूहले राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्रको मागसहित प्रदर्शन गर्ने बताएका छन् ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ १५, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट