logo

२०८३ असार ४ बिहीबार

logo
  • २०८३ असार ४ बिहीबार
  • म अहिलेको सरकार ढाल्ने पक्षमा छैन: शेखर कोइराला

    952Shares
    म अहिलेको सरकार ढाल्ने पक्षमा छैन:  शेखर कोइराला

    काठमाडौं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सरकार गठनका बेला भएको सात बुदे सहमति कार्यान्वयनमा सरकार चुकेको बताएका छन् ।सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले सात बुँदे सहमतिमा उल्लेख संविधानमा संशोधन, आर्थिक सुधार, भ्रष्टाचारलाई निर्मूल गर्ने, दण्डहीनताको अन्त्य, सुशासन कायम लगायतमा सरकार चुकेको बताए ।उनले एमाले–कांग्रेसको दुईतिहाइ संख्याले नभई सदनका सबै दलका साथै सरोकारवालाको राय लिएर संविधानको पुनरावलोकन गर्नुपर्ने धारणा राखे ।

    त्यस्तै कोइरालाले कांग्रेसभित्र कुनै समस्या नरहेको स्पष्ट पारे । आफूलाई वर्तमान सरकार ढाल्न लाग्यो भन्ने आरोप सत्य नभएको उनले बताए । कोइरालाले वर्तमान सरकारलाई असफल हुने छुट नरहेको बताए । उनले दुई दलले बनाएको संयन्त्र आवश्यक नरहेको मात्रै आफ्नो भनाइ रहेको जिकिर गरे । संयन्त्र बनाउनुपरे सरकारभित्रैबाट बनाउन उनले सुझाव दिएका छन् ।



    फास्ट न्युज    
  • २०८२ बैशाख २२, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट