logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • केआईआईटी छात्रावासमा मृत भेटिएकी प्रिसाको अनुसन्धान गर्न परराष्ट्रमन्त्री राणाद्वारा कूटनीतिक पहल

    925Shares
    केआईआईटी छात्रावासमा मृत भेटिएकी प्रिसाको अनुसन्धान गर्न परराष्ट्रमन्त्री राणाद्वारा कूटनीतिक पहल

    काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को छात्रावासमा मृत भेटिएकी नेपाली छात्रा प्रिसा साहको विषयमा छानबिनका लागि कूटनीतिक पहल गर्नुभएको छ। मन्त्री डा. राणाले घटना लगत्तै परराष्ट्र मन्त्रालयले भारत र ओडिसा सरकारका उच्च अधिकारी र दिल्लीस्थित दूतावासमार्फत् घटनाको छानबिनका लागि कूटनीतिक पहल थालेको जानकारी दिएकी हुन्।

    परराष्ट्रमन्त्री डा. राणाले फेसबुकमा लेखेकी छन्, ‘परराष्ट्र मन्त्रालयले घटना लगत्तै हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारी र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानविन गर्न कूटनीतिक पहल थालेको छ।’ घटनाले मर्माहत बनाएको भन्दै परराष्ट्रमन्त्री राणाले प्रिसाको आत्माको चिर शान्तिको कामना गरेकी छन्। उनले दुखको घडीमा उनको परिवारजनमा गहिरो समवेदनासमेत व्यक्त गरेकी छन्।

    उनले अगाडि थप लेखेकी छन्, ‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साह आफ्नै होस्टेल कोठामा मृत भेटिएको घटनाले निकै मर्माहित बनाएको छ। प्रिसाको आत्माको चिर शान्तिको कामना गर्दै यस दुखद घडीमा उनको परिवाजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

    उनी छात्रावासको कोठामै मृत फेला परेको भारतीय प्रहरीले जनाएको छ । प्रिसा स्नातक तह प्रथम वर्षमा अध्ययनरत थिइन् । गत ४ फागुनमा पनि उक्त विश्वविद्यालयमा अध्ययनरत रुपन्देहीकी २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल छात्रावासमा मृत फेला परेकी थिइन् । लम्साल मृत भेटिएको छात्रावासमै साह बस्दै आएकी थिइन् । ओडिसा सरकारले विश्वविद्यालयमा मृत भेटिएकी नेपाली छात्राको विषयमा अनुसन्धान सुरु भएको जनाएको छ ।



    फास्ट न्युज    
  • २०८२ बैशाख १९, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट