logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • सत्ता गठबन्धनको बैठकमा सरकारले ल्याउने नीति तथा कार्यक्रममाथि छलफल

    1KShares
    सत्ता गठबन्धनको बैठकमा सरकारले ल्याउने नीति तथा कार्यक्रममाथि छलफल

    काठमाडौं । सत्ता गठबन्धनको बैठकमा सरकारले ल्याउने नीति तथा कार्यक्रममाथि छलफल भएको छ। बालुवाटारमा बसेको बैठकमा विकास निर्माणलाई प्रभावकारी बनाउने गरी नीति तथा कार्यक्रम ल्याउनेबारे छलफल भएको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताए।

    उनले भने, ‘नीति कार्यक्रमबारे सुझाव दिनुभएको छ। लोकतन्त्रलाई थप सुदृढ गर्ने र यसमाथि विभिन्न कोणबाट भइरहेका हमला र आक्रमण सामूहिक रूपले जवाफ दिनेगरी अघि बढ्नुपर्छ।’युवा पुस्तामा आशा जगाउने गरी उद्यमशीलता, सीप विकास, व्यावसायिक योजना र बजार संरक्षणको योजनासहितको कार्यक्रम ल्याउन सुझाव आएको बताए।

    उनले भने, ‘अर्थतन्त्रलाई लयमा ल्याउनको लागि सरकारको खर्च गर्ने क्षमता बढाउने, अनावश्यक संरचना र फजुल खर्चलाई निर्ममतापूण्र्वक कटौती गर्ने, र सरकारको कार्य दक्षतालाई बढाउने कुरा छन्।’ उनले सुशासनलाई प्रभावकारी बनाउने काम गर्न पनि सुझाव आएको बताए। विगतको वर्षमा भन्दा मेजर ब्रेक थ्रू हुनेगरी नीति तथा कार्यक्रम आओस् र त्यसलाई बजेटले पछ्याओस् भन्ने सुझाव आएको बताए।



    फास्ट न्युज    
  • २०८२ बैशाख १७, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट