logo

२०८३ बैशाख ४ शुक्रबार

logo
  • २०८३ बैशाख ४ शुक्रबार
  • ‘७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाइन्छ’

    1.1KShares
    ‘७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाइन्छ’

    काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ७ दिनभित्र दर्ता नभए सामाजिक सञ्जाल कम्पनी मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिनुभएको छ ।

    राष्ट्रिय सूचना आयोगले आज काठमाण्डौमा आयोजना गरेको सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले मेटालाई नेपालमा दर्ता हुन आग्रहसहित पटक पटक सूचना जारी गरे पनि नमानेको भन्दै अबको ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिनुभयो ।

    मन्त्री गुरुङले नेपालबाट पल–पलमा पैसा मेटाको कार्यालयमा गएको भन्दै मेटाले नेपालमा दर्ता भई कर तिर्नुपर्ने बताउनुभयो । उहाँले मेटाले नेपालको कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० भन्दा आफ्नो आम्दानी धेरै भएको घमण्ड गरेको बताउँदै देशको स्वाधीनता पैसामा जोड्न नसकिने जिकिर गर्नुभयो । मन्त्री गुरुङले नेपालमा अहिलेसम्म टिकटक, भाइबर र वी–टक मात्रै दर्ता भएको जानकारी गराउनुभयो ।



    फास्ट न्युज    
  • २०८२ बैशाख १२, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट