काठमाण्डाै । बङ्गलादेशी नागरिकलाई नेपाल हुँदै वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको आरोपमा पाँच जना बङ्गलादेशी नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा मोहम्मद मोस्ताफिजुर रहमान, मुहम्मद फरहद हुसेन चौधरी, अबु युसुफ एमडी हनिफ, काजी शाहताब हुसेन र अजिम मोलिक रहेका प्रहरीले जनाएको छ । उनीहरूले नेपाल हुँदै वैदेशिक रोजगारीका लागि अस्ट्रेलिया, इटाली, स्पेन, फ्रान्स, सर्बिया, अल्बानियालगायतका देशहरूमा पठाउन सहज हुने भन्दै एजेन्टमार्फत पर्यटक भिसामा बङ्गलादेशी नागरिकहरूलाई नेपाल बोलाई प्रतिव्यक्ति ३५ सय अमेरिकी डलरका दरले १३ जनाबाट ४५ हजार ५ सय डलर लिएर सम्पर्कविहीन भएका थिए ।
उनीहरूलाई काठमाण्डौ महानगरपालिका–९ सिनामङ्गलमा रहेको एक गेस्ट हाउसबाट पक्राउ गरेको नेपाल प्रहरीको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाइएको परिसरका प्रहरी उपरीक्षक अंगुर जिसीले जानकारी दिनुभयो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया