टेक्सस । दक्षिण अमेरिकामा आएको आँधीले ३४ जनाको ज्यान लिएको छ । विभिन्न राज्यमा गरेर अहिलेसम्म ३४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । ज्यान गुमाउनेमा मिसाउरीका मात्र १२ जना छन्। दक्षिण पूर्वी राज्यका धेरै घर हल्लिए भने कारहरू पल्टेका थिए। टेक्ससमा कारमा धुलो पसेर ठोक्किँदा तीन जनाको ज्यान गएको छ।
साँझदेखि टेक्सस, मिसाउरी र इलिनियोसका धेरै बिजुलीको लाइन अवरुद्ध भएको छ। त्यस क्षेत्रमा अझ कठिन मौसम तथा विपत्तिको अनुमान गरिएको छ। साथमा मिसिसिपी, पूर्वी लाउसानिया र पश्चिमी टिनेजमा आँधीको जोखिम छ।
त्यसैगरी तीन राज्यका साथै अलाबामा र अरान्कासमा ठुलो बाढी आउने अनुमान गरिएको छ। राष्ट्रिय मौसम विभागले त्यहाँ आउने ठुलो बाढीले जनजीवन अझ कष्टकर बन्ने बताएको छ। विभागले अझ डरलाग्दो समस्याको आङ्कलन गरेको छ। मिसाउरीको आपतकालीन विभागले २५ गाउँमा १० वटा आँधी आएको जनाएको छ। अरान्कासमा तीन जनाको मृत्यु हुँदा २९ जना घाइते भएका छन्। ओकाहामामा पनि एक जानको ज्यान गएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया