काठमाण्डाै । प्रधानमन्त्री (पीएम) कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि शुरू भएको छ । अहिले रुपन्देहीको सिद्धार्थनगर रङ्गशालामा कोशी प्रदेश र लुम्बिनी प्रदेश, रुपन्देहीकै एक्स्ट्राटेक ओभलमा त्रिभुवन आर्मी क्लब र बाग्मती प्रदेश तथा दाङको देउखुरी क्रिकेट स्टेडियममा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश खेलिरहेका छन् ।
प्रतियोगिताको सबै खेल पहिलो पटक काठमाण्डौबाहिर लुम्बिनी प्रदेशका ३ वटा क्रिकेट मैदानमा भइरहेको हो । प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोली गरी १० वटा टोली सहभागी छन् ।
सिङ्गल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष २ टोलीबीच फाइनल खेल हुनेछ । यसैबीच प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी, सबैभन्दा धेरै रन बनाउने र सबैभन्दा धेरै रन बनाउने खेलाडीले मोटरसाइकल पाउने भएका छन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया