logo

२०८३ जेष्ठ १३ बुधबार

logo
  • २०८३ जेष्ठ १३ बुधबार
  • एनपीएल: लिग चरणका खेल सकिएसँगै आज ब्रेक

    964Shares
    एनपीएल: लिग चरणका खेल सकिएसँगै आज ब्रेक

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणका खेल सकिएसँगै आज कुनै खेलको तालिका छैन्।

    बुधबार इलिमिनेटर र पहिलो क्वालिफायरका दुई खेल हुँदै छन्।

    बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा इलिमिनेटर खेल चितवन राइनोज र कर्णाली याक्सबीच बिहान ९ बजे सुरु हुनेछ।

    अंक तालिका अनुसार चितवन तेस्रो स्थानमा रहेको छ भने चौथो स्थानमा कर्णाली छ ।

    समान आठ अंक भए पनि काठमाडौं गुर्खाज भने रनरेटका आधारमा प्लेअफबाट बाहिरी सकेको छ।

    कर्णालीका कप्तान सोमपाल कामी र चितवनका कप्तान कुशल मल्ल ।

    त्यस्तै बुधबारको पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुरको भिडन्त हुनेछ।

    सुदूरपश्चिम सात खेलमा १२ अंकसहित शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेको छ। सुदूरपश्चिम र १० अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ । यो खेल बुधबार दिउँसो १ बजे सुरु हुनेछ।

    जनकपुरमा कप्तान अनिल शाह र सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी छन् ।



    फास्ट न्युज    
  • २०८१ पुष २, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट