logo

२०८३ असार ८ सोमबार

logo
  • २०८३ असार ८ सोमबार
  • युक्रेनमा शान्ति स्थापनाका लागि २० देशहरू सहयोग गर्न इच्छुक

    931Shares
    युक्रेनमा शान्ति स्थापनाका लागि २० देशहरू सहयोग गर्न इच्छुक

    किएभ। युक्रेनमा शान्ति स्थापनाका लागि २० देशहरू सहयोग गर्न इच्छुक रहेका बेलायती अधिकारीहरुले बताएका छन् । युक्रेनलाई सहयोग गर्न इच्छुकहरूको गठबन्धनमा सहभागी हुन युरोप र राष्ट्रमण्डलका २० देशले इच्छा देखाएका बीबीसीले जनाएको छ ।

    सबै देशहरूले अनिवार्य रूपमा सेना पठाउनुपर्ने नभएर अरु विभिन्न सहयोग प्रदान गर्न सक्ने वेलायतले जनाएको छ । सेना तैनाथ बाहेक अरु के कस्ता सहयोग हुन सक्छन् भनेर पनि छलफल भइरहेको छ ।

    बेलायत र फ्रान्सले रूस र युक्रेनबीचको युद्ध अन्त्य गर्न सम्झौता भएको खण्डमा युद्धविराम सुरक्षामा सहयोग गर्न तयार देशहरूको समूह गठन गर्ने प्रयासको नेतृत्व गरिरहेका छन् । यसले युक्रेन र रूसबीचको युद्धविराम गर्न र शान्ति कायम राख्न काम गर्ने युरोपेली नेताहरुको विश्वास छ ।

    बेलायतका प्रधानमन्त्री किर स्टार्मर र फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले अमेरिकाको समर्थनमा सम्भावित युद्धविराम सुनिश्चित गर्न युक्रेनमा सैनिक तैनाथ गर्न तयार रहेको बताउँदै आएका छन् ।

    टर्कीले शान्ति स्थापना प्रयासमा भूमिका निर्वाह गर्नसक्ने सङ्केत दिएको छ भने आयरल्याण्डका प्रधानमन्त्री माइकल मार्टिनले आयरिस सैनिकहरू शान्ति स्थापनामा संलग्न हुनसक्ने बताउनुभएको खबरमा उल्लेख छ । रूसले भने युक्रेनमा युरोपेली सैनिक स्वीकार नगर्ने कुरामा जोड दिएको छ ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन २३, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट