logo

२०८३ बैशाख २० आईतवार

logo
  • २०८३ बैशाख २० आईतवार
  • सर्वोच्च अदालतको न्यायाधीशमा तीन जनाको नाम सिफारिस

    1KShares
    सर्वोच्च अदालतको न्यायाधीशमा तीन जनाको नाम सिफारिस

    काठमाडौं।सर्वोच्च अदालतको न्यायाधीशमा तीन जनाको नाम सिफारिस भएको छ ।मंगलबार बसेको न्यायपरिषद्को बैठकले एकजना वरिष्ठ अधिवक्ता र दुईजना उच्च अदालतका मुख्य न्यायाधीशलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो ।न्यायपरिषद्ले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलकी मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो ।

    न्यायाधीशको सिफारिसमा परेका बरिष्ठ अधिवक्ता मेघराज पोखरेल (प्रमाणपत्र नम्बर ५४८) उमेरले ५८ वर्ष पुगेका छन् । उनी २०२४ सालमा जन्मेका हुन् ।त्यसैगरी अर्का न्यायाधीश श्रीकान्त पौडेल ५९ वर्ष पुगेका छन् । ०२३ सालमा जन्मेका पौडेल ०५० सालमा न्याय सेवामा प्रवेश गरेका हुन् ।

    त्यस्तै, सर्वोच्चको न्यायाधीशमा सिफारिस भएकी ६० वर्षीया शान्ति सिंह थापा न्याय सेवामा ०७० जेठ २७ बाट प्रवेश गरेकी हुन् ।तीनै जनाको नाम न्याय परिषदले संसदीय सुनुवाई समितिमा पठाएको छ । संसदीय सुनुवाई समितिले नाम अनुमोदन गरेमा राष्ट्रपतिबाट उनीहरु न्यायाधीश नियुक्तिका लागि योग्य ठहरिने छन् ।

    संविधानको धारा १२९ अनुसार सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका अतिरिक्त बढीमा २० न्यायाधीश रहन्छन् । हाल सर्वोच्चमा प्रधानन्यायधीशसहित १७ जना न्यायाधीशहरु कार्यरत छन् ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ २७, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार