logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • विराटनगरमा पक्राउ गरेर पूर्वमन्त्री अधिकारीलाई काठमाडौं ल्याइयो

    949Shares
    विराटनगरमा पक्राउ गरेर पूर्वमन्त्री अधिकारीलाई काठमाडौं ल्याइयो

    विराटनगर । विराटनगरस्थित निवासबाट पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई काठमाडौं पठाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा पक्राउ परेका अधिकारीलाई विमानबाट काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

    कोशी प्रदेशका तत्कालिन आन्तरिक मामिलामन्त्री अधिकारीलाई मानव तस्करीको आरोप लागेको छ । मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराई उनी जापान गएका थिए । उनीसँगै अन्य ३ जना व्यक्ति पनि जापान गएका थिए । तर जापानको अध्यागमनले उनलाई विमानस्थलबाट फर्काइदिएको थियो ।

    मानव तस्करको योजना अनुसार मन्त्री जापान पुगेको भन्दै विरोध भएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए । उनलाई शनिबार एमालेको कोशी प्रदेश कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा पार्टीको संगठित सदस्यबाट निलम्बन गरेको थियो ।

    शनिबारको सचिवालय बैठकले प्रदेश कमिटीको उक्त निर्णयलाई अनुमोदन गरेको थियो । उनीसँगै जापान गएकाहरुलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । अधिकारीले भने आफूलाई फसाइएको दाबी गरेका छन् । उनले अनुसन्धानमा सघाउने बताएका छन् । उनीमाथि जिल्ला प्रहरी परिसर काठमाडौंले सरकारी कागजात कीर्तेमा अनुसन्धान गर्दैछ ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक २५, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट