logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • अमेरिका र क्यानडा पठाइदिने भन्दै १ करोड १२ लाख रुपैयाँ ठगी गर्ने २ जना पक्राउ

    1KShares
    अमेरिका र क्यानडा पठाइदिने भन्दै १ करोड १२ लाख रुपैयाँ ठगी गर्ने २ जना पक्राउ

    काठमाण्डाै – आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा अमेरिका र क्यानडा पठाइदिने भन्दै १ करोड १२ लाख रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेहरूमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ घर भई काठमाण्डौको टोखा नगरपालिका–६ बस्ने २५ वर्षीय भुवन कार्की र काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–३ बस्ने ४२ वर्षीय नितेश पोखरेल रहेका छन्।

    भुवनले अमेरिका पठाइदिने भन्दै ३ जनाबाट १ करोड र नितेशले क्यानडा पठाइदिने भन्दै ४ जनाबाट १२ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका नेपाल प्रहरीको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    उनीहरूलाई काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरी तथा अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले बताउनुभयो ।



    फास्ट न्युज    
  • २०८१ माघ १६, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट