काठमाडौं । सर्बियाका प्रधानमन्त्री मिलोस भुसेभिकले पदबाट राजीनामा दिएका छन् । गत नोभेम्बरदेखिको देशव्यापी विरोध प्रदर्शनलाई थेग्न नसकेपछि भुसेभिकले राजीनामा दिएका हुन् ।
गत नोभेम्बर १ मा सर्बियाको दोस्रो ठूलो सहर नोभी सादमा रेलवे स्टेसनको छतको एक भाग भत्किएको थियो । जसमा १५ जनाको मृत्यु भयो ।
। घटनाको जवाफदेहिता माग गरेर प्रत्येक दिन हजारौँ सडकमा उत्रिन्थे । निर्माण परियोजनामा भएको भ्रष्टाचारका कारण दुर्घटना घटेको उनीहरूको आरोप थियो ।
नोभी साद घटनामा १३ जनामाथि भ्रष्टाचारको आरोप लागेको थियो । यसमा पूर्व यातायातमन्त्री गोरान भेसिकको नाम पनि मुछिएको थियो । त्यसको केही दिनपछि उनले पदबाट राजीनामा दिएका थिए
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया