logo

२०८३ बैशाख २० आईतवार

logo
  • २०८३ बैशाख २० आईतवार
  • केहीदिन आराम गर्न प्रधानमन्त्री ओलीलाई चिकित्सकको सल्लाह, राजधानी बाहिर भर्चुअल सम्बोधन

    913Shares
    केहीदिन आराम गर्न प्रधानमन्त्री ओलीलाई चिकित्सकको सल्लाह, राजधानी बाहिर भर्चुअल सम्बोधन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारका लागि तय भएका राजधानी बाहिरका सबै कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्ने भएका छन् । दुई दिनदेखि स्वास्थ्यमा समस्या भएर आराम गरिरहेका प्रधानमन्त्री ओली चिकित्सकको सल्लाह बमोजिम उपत्यका बाहिरको यात्रा नगरी भर्चुअल कार्यक्रममा जुटेका हुन् ।

    शुक्रबार प्रधानमन्त्री ओलीका चार वटा कार्यक्रम तय भएका छन् । बिहान सवा ११ बजे पाल्पाको पाल्पाको बगनासकाली गाउँपालिका भवन र तिनाउ गाउँपालिकाको दोभानमा नवनिर्मित प्रशासकीय भवन उद्घाटन कार्यक्रम राखिएको थियो । उक्त कार्यक्रममा प्रधानमन्त्री ओली भर्चुअल माध्यमबाट आफ्नो उपस्थिति जनाइसकेका छन् ।त्यस्तै, राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु कार्यक्रम पनि प्रधानमन्त्रीले भर्चुअल माध्यमबाटै गर्ने भएका छन् ।

    भर्चुअल उद्घाटनका लागि सबै तयारी पूरा भइसकेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ । कुल एक हजार एक सय २६ मिटर लामो सुरुङमा मुख्य सुरुङको खन्न बाँकी रहेको साढे एक मिटर भाग आज छिचोलिने आयोजनाका प्रमुख कृष्णराज अधिकारी जानकारी दिए । सुरुङ छिचोलिएपछि अन्य कामलाई तीव्रता दिइने उनले बताए । सुरुङमार्गको तीन वटा सहायक सुरुङ यसअघि नै छिचोल्ने काम सकिएको छ । जसमा बाइपास सुरुङ ३ को गत भदौ २६ मा, बाइपास सुरुङ १ को असोज ४ मा र बाइपास सुरुङ २ को पुस ७ मा ‘ब्रेक थ्रु’ भएको थियो । बाइपास सुरुङहरु क्रमशः १५१, २६१ र ३३० मिटर लामा छन् । त्यस्तै दिउँसो सवार १ बजे बुटवल–गोरुसिंगे सडक स्तरोन्ततिको शिलान्यास कार्यक्रम तय भएको छ । सो शिलान्यास कार्यक्रम पनि भर्चुअल माध्यमबाटै शिलान्यास गरिने भएको छ ।



    फास्ट न्युज    
  • २०८१ माघ ११, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार