काठमाडौं । नेपाली कांग्रेका नेता डा. प्रकाशशरण महतले राष्ट्रिय स्वतन्त्र पार्टीलाई चुनाव चुनाव साउथ इन्डियन फिल्म जस्तो नहुने बताएका छन्। काठमाडौंमा वित्तीय संस्था कर्मचारी समाजले आयोजन गरेको कार्यक्रममा बोल्दै नयाँ भन्नेहरू पुच्छर, शिर कहाँ छ भन्नै नै थाहा नभएको बताए।
उनले भने, ‘अहिले नयाँ पार्टी भनेर आयो। उनीहरूको पुच्छर कहाँ छ, शिर कहाँ छ थाहा छैन। कुन दुलोबाट बाहिर निस्किन्छ, कुन दुलोबाट भित्र पस्छ, त्यो पनि थाहा छैन। दक्षिण भारतीय सिनेमा तपाईँहरूले हेर्नुभाछ, एउटा हिरोले उसले पचासौँ जनालाई एकै पटक हावामा उडाइरा जस्तरी पछार्दिन्छ। त्यो चाहिँ भर्चुअल दुनियाँ हो। रियल दुनियाँमा ५० जनालाई पछार्छ ? एक दुई जनालाई पनि के हो के हो थाहा छैन। त्यसो हुनाले हामी रियल दुनियाँमा बाँचिराछौँ।’
उनले सामाजिक सञ्जालमा झूटको प्रचार भइरहेको भन्दै गलतलाई गलत भन्न सक्नुपर्ने बताए। उनले अहिले पार्टीभित्रको आन्तरिक विषयमा नपरी चुनावमा केन्द्रित हुन पार्टीपंक्तिलाई आह्वान गरे।
उनले भने, ‘म एक्लै एउटा पार्टीको प्रतिनिधिको हैसियतले निर्वाचनमा खडा छु। तर हामी सबै उम्मेदवार हौँ। जो लोकतन्त्रको पक्षधर छ, यो देशलाई कमजोर गराउने प्रवृत्ति हाबी हुँदै छ, यो खतराको घन्टी बज्या छ। त्यसकारण यसलाई हामीले गहिरेर मनन गर्न जरुरी छ।’
उनले देशमा स्थिरता चाहिएको भन्दै विधिको शासन स्थापित गराउनुपर्नेमा जोड दिए। उनले थपे, ‘हाम्रो संविधानमा देखिएका कमी कमजोरीलाई हटाउनु छ। त्यसको लागि नेपाली काँग्रेसको एउटा सशक्त उपस्थिति संसद्मा र सरकारमा हुन जरुरी छ। पहिलो पार्टी, मजबुत पार्टी हुन जरुरी छ। हाम्रो पार्टी भित्र आएका अनेकौँ प्रश्नहरू हामी आन्तरिक रूपमा समाधान गर्दै जान्छौँ। त्यसमा अरूले धेरै चिन्ता लिनु पर्दैन।’
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया