काठमाडौँ । मङ्गलवार बिहानदेखि परेको अविरल वर्षाको कारण नेपाल पर्यटन बोर्ड संगै काठमाडौँ उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छन् ।
उचित ढलको निकास नभएको कारण सडकहरू पनि डुबानमा परेका छन् । यस्तै भृकुटीमण्डप क्षेत्रमा रहेको नेपाल पर्यटन बोर्डको कार्यालय पूर्णरुपमा डुबानमा परेको छ ।
यसअघि सो क्षेत्रमा रहेको राष्ट्रिय सभा गृह र काठमाडौँ महानगरपालिकाको कार्यालय डुबानमा परेका थिए ।
© 2024: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd