logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, यी हुन् सम्भावित कार्यसूची

    928Shares
    प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, यी हुन् सम्भावित कार्यसूची

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने छ । बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको वार्षिक प्रतिवेदन २०८२’ पेस गर्ने सम्भावित कार्यसूची छ ।

    कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदीले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको वार्षिक प्रतिवेदन, २०८१र०८२ पेस गर्ने कार्यसूचीमा उल्लेख छ ।

    बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी रहनेछ । आर्थिक वर्ष २०८२र०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल जारी रहने ससंद् सचिवालयले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ १, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट