माघ १२ गते हुने निर्वाचनका लागि मंगलबार राति अबेरसम्म भएको मनोनयनमा ४ जनाले प्यानलै बनाएर र दुई जनाले स्वतन्त्र उम्मेदारी दिएका हुन्।
सर्वसम्मत ढंगले नेतृत्व चयन गर्नका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार अध्यक्षका आकांक्षीहरूलाई खुमलटार नै बोलाएर छलफल गरेका थिए।छलफलबाट सर्वसम्मत हुने अवस्था नदेखिएपछि उनले चुनावबाटै नेतृत्व चयन गर्न भनेका थिए। तर हेडक्वार्टरबाट कसैले पनि पक्षधरता नलिने बताएका थिए।
यस्तै अर्को कार्यकारी पद कोषाध्यक्षमा ५ जनाको उम्मेदवारी परेको छ । जसमा पारूँ चौलागाईँ, शिव श्रेष्ठ, महेन्द्र चन्द, गगन भट्टराई र फूलमाया रानामगर रहेका छन् ।
९ पद रहेको उपमहासचिवमा ३० जनाको उम्मेदवारी परेको छ । जसमा मर्मजंग बम, सुशान्त ताम्राकार, नपेन्द्र थापा, विपिन पोखरेल, विवेककुमार शाह, ध्रुवबहादुर रावल, जटिल कार्की, रमेश बुढाथोकी, दियोजित ओली, रुकु बस्नेत, सन्दीप न्यौपाने, रविन खम्बू, नवीन शाही, उपेन्द्र जम्कट्टेल, विनायक तिमिल्सिना, प्रकाश अधिकारी, हिमाल महरा, रेशम अधिकारी, रामचन्द्र भट्ट, सुशान्त ताम्राकार, निरोज श्रेष्ठ, प्रेमराज उपाध्याय, विनोदबहादुर शाही, रंगमान मल्ल, निर्मला गौतम, विष्णु ढुंगेल, बेनुपराज खत्री, लालबहादुर साउद, गणेश ज्ञवाली र सम्राज राई छन् ।
प्रतिक्रिया