logo

२०८३ जेष्ठ २६ मंगलवार

logo
  • २०८३ जेष्ठ २६ मंगलवार
  • रवि लामिछानेको थुनछेक बहस जारी

    910Shares
    रवि लामिछानेको थुनछेक बहस जारी

    काठमाडौं ।रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस सुरु भएको छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सभापति लामिछानेको थुनछेक बहस सुरु भएको हो ।

    लामिछाने गत आइतबार बिहान काठमाडौं जिल्ला अदालत उपस्थित भएका थिए । आइतबार नै लामिछानेको थुनछेक बहस सुरु भएको थियो ।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासमा उनको थुनछेक बहस भइरहेको छ । बहस नसकिएको भन्दै आइतवार र सोमवार उनलाइ हिरासतमा राख्न आदेश दिएका थिए। मंगलबार सार्बजनिक बिदा भएकाले बहस हुन नसके पछि उनलाइ बुधवार मात्रै अदालत जान दिइएको हो ।थुनछेक बहस सम्भवतः आजै सकिने भएकाले उनी पुर्पक्षका लागि थुनामा रहने कि बाहिर बसेर कानुनी लडाइ लडने भन्ने आज आदेश आउन सक्ने जनाइएको छ ।

    काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणको अनुसन्धानका लागि उनलाई प्रतिवादी बनाइ मुद्दा दर्ता गरिएको छ । यसअघि पोखराको सूर्य दर्शन सहकारी ठगी प्रकरणमा ८३ दिनको अनुसन्धान तथा थुनछेक बहसपछि अदालतले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।



    फास्ट न्युज    
  • २०८१ माघ २, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट