काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ मा गोली लागेर दुई जना घाइते भएका छन् । वडा नम्बर ७ स्थित रिद्धिसिद्धि बसपार्क नजिकै गएराति साढे १० बजे अर्जुन श्रेष्ठको घरभित्र प्रवेश गर्दै खोटाङ हलेसी तुवाचुङ नगरपालिका–७ का साहिर शंकर नामका व्यक्तिले पेस्तोल प्रहार गरेका थिए ।
गोली प्रहारबाट घरधनी अर्जुन श्रेष्ठ र उनकी श्रीमती शान्तिदेवी श्रेष्ठ घाइते भएका हुन्। उनीहरूको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । गोली प्रहार गर्ने शंकरलाई नियन्त्रणमा लिने क्रममा उनी पनि घाइते भएका छन् । पेस्तोल चलाउने शंकरको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा व्यक्तिगत रिसिइबी रहेको खुल्न आएको जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया