logo

२०८३ बैशाख २४ बिहीबार

logo
  • २०८३ बैशाख २४ बिहीबार
  • काठमाडौंको कागेश्वरीमा गोली चलेको घटनामा दुई जना घाइते, एक पक्राउ

    904Shares
    काठमाडौंको कागेश्वरीमा गोली चलेको घटनामा दुई जना घाइते, एक पक्राउ

    काठमाडौं  । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ मा गोली लागेर दुई जना घाइते भएका छन् । वडा नम्बर ७ स्थित रिद्धिसिद्धि बसपार्क नजिकै गएराति साढे १० बजे अर्जुन श्रेष्ठको घरभित्र प्रवेश गर्दै खोटाङ हलेसी तुवाचुङ नगरपालिका–७ का साहिर शंकर नामका व्यक्तिले पेस्तोल प्रहार गरेका थिए ।

    गोली प्रहारबाट घरधनी अर्जुन श्रेष्ठ र उनकी श्रीमती शान्तिदेवी श्रेष्ठ घाइते भएका हुन्।  उनीहरूको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । गोली प्रहार गर्ने शंकरलाई नियन्त्रणमा लिने क्रममा उनी पनि घाइते भएका छन् । पेस्तोल चलाउने शंकरको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।

    प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा व्यक्तिगत रिसिइबी रहेको खुल्न आएको जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।



    फास्ट न्युज    
  • २०८१ पुष १४, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट