logo

२०८३ असार ४ बिहीबार

logo
  • २०८३ असार ४ बिहीबार
  • कोलम्बियामा वायुसेनाकाे विमान दुर्घटना हुँदा ६६ जनाकाे मृत्युु

    1KShares
    कोलम्बियामा वायुसेनाकाे विमान दुर्घटना हुँदा ६६ जनाकाे मृत्युु

    काठमाडौँ ।ल्याटिन अमेरिकी देश कोलम्बियामा वायुसेनाकाे विमान दुर्घटना हुँदा ६६ जनाकाे मृत्यु भएको छ । एयरफोर्सकाे हरक्युलस सी– १३० विमान टेकअपका क्रममा रनवेबाट करिब १.५ किलोमिटर टाढा गएर खसेकाे थियो । याे दुर्घटनामा थप ५० जनाभन्दा बढी घाइते भएका छन् भने ४ जना हराइरहेका छन्

    दुर्घटनामा ५८ जना सैनिक, ६ जना वायुसेनाकर्मी र दुई प्रहरी अधिकारी मारिएका छन् । राेयटर्सका अनुसार कोलम्बियाई वायु सेनाका प्रमुख मेजर जनरल कार्लोस फर्नान्डो सिल्भाले विमानमा ११४ सैनिक र ११ जना चालक दलका सदस्य रहेको बताएका छन् । याे विमान भर्खरै मर्मत गरेकाले खराब पार्ट्सका कारण दुर्घटना नभएको बताइएको छ ।

    याे दुर्घटना पेरुकाे सीमानजिक दक्षिणी अमेजन क्षेत्रकाे प्युर्टो लेगुइजामोमा भएको हाे । रक्षामन्त्री पेड्रो सान्चेजले विमान रनवेबाट १.५ किलोमिटर टाढा खसेकाे जानकारी दिएका छन् । कोलम्बियाका राष्ट्रपति गुस्ताभाे पेट्रोले सैन्य विमान दुर्घटना भएकोमा दुःख व्यक्त गरेका छन् ।



    फास्ट न्युज    
  • २०८२ चैत्र १०, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट