logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • दक्षिण कोरियाका निलम्बित राष्ट्रपति योलविरुद्ध पक्राउ पुर्जी जारी

    868Shares
    दक्षिण कोरियाका निलम्बित राष्ट्रपति योलविरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौं । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून सुक योलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सियोल पश्चिम जिल्ला अदालतले मंगलबार राष्ट्रपति योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

    युनले देशमा लगाएको मार्सल लका कारण यो वारेन्ट जारी गरिएको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ । तत्कालीन राष्ट्रपति युनले डिसेम्बर ३ मा देशमा मार्सल ल लगाएका थिए ।

    राष्ट्रपति योल यही डिसेम्बर ३ मा सैनिक शासन लागू गर्ने निर्णय गरेपछि विवादमा परेका थिए । विपक्षी दलसमेतको विरोधपछि उनले केही समयमै निर्णय फिर्ता लिएका थिए । यही प्रकरणमा संसद्ले महाभियोग प्रस्ताव पारित गरेपछि उनी पदबाट निलम्बित भएका थिए । यो विषय संवैधानिक अदालतमा विचाराधीन छ ।

    दक्षिण कोरियाको कानूनअनुसार महाभियोग लागेपछि पदमुक्त हुने कि नहुने भन्ने अन्तिम निर्णय गर्ने अधिकार संवैधानिक अदालतमा हुन्छ । यही क्रममा अनुसन्धानका लागि नसघाएको भन्दै भ्रष्टाचार कार्यालयका अधिकारीले राष्ट्रपति योलविरुद्ध हिजो पक्राउ पुर्जीको अनुमति माग गरेका थिए ।



    फास्ट न्युज    
  • २०८१ पुष १६, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट