logo

२०८३ बैशाख २५ शुक्रबार

logo
  • २०८३ बैशाख २५ शुक्रबार
  • ५० वटा युक्रेनी ड्रोन खसालेकाे रुसी रक्षा मन्त्रालयको दाबी

    955Shares
    ५० वटा युक्रेनी ड्रोन खसालेकाे रुसी रक्षा मन्त्रालयको दाबी

    मस्काे। रूसले शुक्रबार र बुधबार गरी युक्रेनको सिमानामा ५० वटा युक्रेनी ड्रोन खसालेको दावी गरेको छ । रुसी रक्षा मन्त्रालयको एक विज्ञप्ति जारी गरी रुसी सुरक्षा प्रणालीले ४४ वटा युक्रेनी ड्रोनहरू नष्ट गरेको जनाएको छ ।

    मन्त्रालयका अनुसार अधिकांश ड्रोनलाई नोभगोरोड क्षेत्रमा नष्ट गरेको थियो भने अन्य ड्रोनहरू कुर्स्क, बेलगोरोड र ब्रिन्स्कका साथै मस्को क्षेत्रमा नष्ट गरिएको थियो । यस बाहेक, क्षेत्रीय गभर्नर व्याचेस्लाभ फेडोरिस्चेभले अनुसार बुधबार बिहान समारामा छ वटा युक्रेनी ड्रोनहरू खसालेको बताउनु भएको छ ।

    ड्रोन आक्रमणले कुनै चोटपटक वा क्षति नपुर्याएको उहाँले टेलिग्राम मार्फत उल्लेख गर्नु भएको छ । पछिल्लो समयमा रूसले लगभग हरेक दिन आफ्नो क्षेत्रमा प्रहार गरिएका युक्रेनी ड्रोनहरू नष्ट गरेको घोषणा गर्दै आएको छ ।

    यसै गरी किभले ऊर्जा केन्द्ररुलाई लाई लक्षित गरी गरिएका आक्रमण र विष्फोटको प्रतिक्रियामा ड्रोन आक्रमण गर्न बाध्य भएको जनाएको छ ।



    फास्ट न्युज    
  • २०८१ मंसिर ५, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट