logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • विषयगत समिति सभापतिको नेतृत्वमा दलहरूबीच सहमति

    925Shares
    विषयगत समिति सभापतिको नेतृत्वमा दलहरूबीच सहमति

    सुदूरपश्चिम: लामो समयदेखि नेतृत्वविहीन रहेको सुदूरपश्चिम प्रदेशसभाका विषयगत समिति सभापतिको नेतृत्वका बारेमा दलहरूबीच सहमति जुटेको छ । सत्ता साझेदार नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी( एमाले)को संसदीय दलका नेताको बैठकले विषयगत समिति सभापतिको नेतृत्वबारे टुङ्गो लगाएको हो ।

    प्रदेशसभा सदस्य देवानसिंह विष्टले कांग्रेसले नयाँ गठन गर्न लागिएको विषेश समितिको सभापति, नेकपा एमालेले सामाजिक विकास समिति, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले लेखा समिति र नागरिक उन्मुक्ति पार्टीले अर्थ विकास तथा प्राकृतिक स्रोत समिति सभापतिको नेतृत्व गर्ने सहमति भएको जानकारी दिनुभयो । प्रदेशसभामा अहिलेसम्म चारवटा विषयगत समिति रहेकामा ‘विषेश समिति’ गठन गर्ने सहमति दलहरूबीच भएको छ । सदन चलेपछि समितिका सभापति चयनको प्रक्रिया अघि बढ्ने विष्टले बताउनुभयो । विषयगत समिति नेतृत्वविहीन हुँदा संसद्मा ‘मिनी’ संसद्का रूपमा लिइने समितिका कामकारबाही प्रभावित भएका छन् ।

    सभापतिको चयन नहुँदा विकास निर्माणलगायतका कामको अनुगमन गर्ने, महालेखाको वार्षिक प्रतिवेदनमाथिको छलफलका साथै विधेयकमाथि छलफल गर्नेजस्ता काम प्रभावित हुँदै आएका छन् । सभामुख भीमबहादुर भण्डारीले विषयगत समितिको रिक्त रहेका सभापतिको निर्वाचन गराउन गएको असोजमा नै ‘रूलिङ’ गर्नुभएको थियो । विधायन तथा प्रदेश मामिला समितिका सभापतिबाहेक अन्य समिति नेतृत्वविहीन हुँदा समिति ज्येष्ठ सदस्यको भरमा चलिरहेको छ ।

    एक वर्षअघि अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी, सामाजिक विकास समितिमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का माया पन्त, सार्वजनिक लेखा समितिमा एमालेका वीरबहादुर थापा र विधायन तथा प्रदेश मामिला समितिमा कांग्रेसका देवानसिंह विष्ट निर्वाचित हुनुभएको थियो । सत्ता समीकरण फेरबदल भएसँगै विधायन तथा प्रदेश मामिला समिति सभापतिबाहेकका अन्य समिति नेतृत्वविहीन भएका थिए । पर्याप्त ‘बिजनेस’ नहुँदा प्रदेशसभाको पाँचौँ अधिवेशनअन्तर्गतका नियमित बैठकसमेत बस्न सकेको छैन । दुई वर्षअघि भएको निर्वाचनमार्फत गठन भएको प्रदेशसभामार्फत यो अवधिमा चार सरकार गठन भइसकेको छ ।



    फास्ट न्युज    
  • २०८१ पुष १४, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट