logo

२०८३ श्रावण १६ शनिबार

logo
  • २०८३ श्रावण १६ शनिबार
  • तामाकोशीको बाढीले किर्नेटार खण्ड बगायो, बीपी राजमार्गको वैकल्पिक मार्गसमेत ठप्प

    793Shares
    तामाकोशीको बाढीले किर्नेटार खण्ड बगायो, बीपी राजमार्गको वैकल्पिक मार्गसमेत ठप्प

    काठमाडौं । तामाकोशी नदीमा आएको बाढीले दोलखाको किर्नेटार क्षेत्रमा पुष्पलाल (मध्यपहाडी) राजमार्गको सडक बगाएपछि दोलखाको तराईसँगको मुख्य सडक सम्पर्क पूर्णरूपमा विच्छेद भएको छ। बीपी राजमार्गको वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको यो सडक अवरुद्ध भएसँगै जिल्लाबाट बाहिरिने र भित्रिने सवारीसाधन ठप्प बनेका छन्।

    बुधबार मध्यराति आएको बाढीले किर्नेटार खण्ड कटान गरेपछि दोलखाबाट तराई तथा कोशी प्रदेशका विभिन्न जिल्लातर्फ जाने र सिन्धुली तथा रामेछाप हुँदै दोलखा भित्रिने सम्पूर्ण सवारी आवागमन रोकिएको छ। सडक अवरुद्ध हुँदा यात्रु र ढुवानी दुवै प्रभावित भएका छन्।

    जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी मनोज लामाका अनुसार बाढीका कारण सडकको केही भाग पूर्ण रूपमा बगेपछि तत्काल यातायात सञ्चालन गर्न नसकिएको हो। अहिले सम्बन्धित निकायहरू वैकल्पिक व्यवस्था खोज्न जुटेका छन्।

    उनका अनुसार सडक डिभिजन, स्थानीय पालिका, खिम्ती जलविद्युत् आयोजना, वडा प्रतिनिधि र सुरक्षा निकायबीच राजमार्ग पुनः सञ्चालन गर्ने विषयमा समन्वय भइरहेको छ। तत्काल वैकल्पिक सडकमार्फत यातायात सञ्चालन गर्ने र त्यसपछि क्षतिग्रस्त सडक मर्मत गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

    लगातारको वर्षासँगै तामाकोशी नदीमा जलस्तर बढिरहेकाले प्रभावित क्षेत्रमा थप सतर्कता अपनाइएको छ। अधिकारीहरूले मौसम अनुकूल भए सडक खुलाउने प्रयास तीव्र बनाइने बताएका छन्।



    फास्ट न्युज    
  • २०८३ श्रावण ७, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट