logo

२०८१ माघ ६ आइतबार

logo
  • आइतबार, ६ माघ २०८१
  • अर्को सूचना जारी नभएसम्म मोरङमा र्‍याली,भेला,प्रदर्शनलगायत गर्न रोक

    अर्को सूचना जारी नभएसम्म मोरङमा र्‍याली,भेला,प्रदर्शनलगायत गर्न रोक

    1.5K
    SHARES
    अर्को सूचना जारी नभएसम्म मोरङमा र्‍याली,भेला,प्रदर्शनलगायत गर्न रोक

    मोरङ । जिल्ला प्रशासन कार्यालय मोरङले अर्को सूचना जारी नभएसम्मको लागि जिल्लामा सभा, सम्मेलन, र्‍याली, भेला, प्रदर्शन गर्न रोक लगाएको छ । आज सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साहले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मको लागि सभा, सम्मेलन,र्‍याली, भेला, प्रदर्शन गर्न रोक लगाइएको बताउनुभएको छ ।



    जिल्ला सुरक्षा समितिमा छलफल भै शान्ति सुरक्षाको खतरालाई मध्यनजर राखेर सम्भावित मानवीय क्षति कम गर्न र सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न यस्तो निर्णय लिइएको सूचनामा उल्लेख छ । अब मोरङ जिल्लाभर राजनीतिक भेला, सामाजिक भेला, धार्मिक गतिविधिलगायतका कुनै पनि कार्यक्रम गर्न नपाइने सूचनामा उल्लेख छ ।

    राम नवमीको दिन हिजो विराटनगर महानगरको वडा नम्बर १५ र १७ मा दुई वटा समूहको झडप भएको थियो । अवस्था थप बिग्रन नदिन प्रशासनले आज भेला र प्रदर्शनमा रोक लगाएको हो ।


    फास्ट न्युज
  • बिहिबार, ६ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट