काठमान्डौ । बाबर आजमले पाकिस्तानी क्रिकेट टिमको कप्तानबाट राजीनामा दिएका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् । उनले परिवार र आफ्नो खेलमा समय दिनका लागि कप्तानबाट राजीनामा दिएको बताएका छन् ।
टिमको नेतृत्व गर्नु सम्मानको कुरा हो । तर अब मैले पद छाड्दै आफ्नो खेलमा ध्यान केन्द्रित गर्ने समय आएको छ,ु उनले लेखेका छन् ।विश्वकप(२०२३ मा पाकिस्तानको कमजोर प्रदर्शनपछि बाबरले पहिले नै नेतृत्व छाडेका थिए । तर फेरि पाकिस्तान क्रिकेट बोर्डले मार्चमा उनलाई पुनस् कप्तानी जिम्मेवारी दिएको थियो ।बाबरलाई ट्वान्टी(२० र एकदिवसीय फर्म्याटमा पाकिस्तानी क्रिकेट टिमको कप्तानी जिम्मेवारी दिइएको थियो ।
आजमले आफ्नो प्रदर्शनलाई प्राथमिकता बताउदै उनले अब आफ्नो परिवारसँग समय बिताउने समेत लेखेका छन्। उनले भनेका छन्- हामीले सँगै जे हासिल गर्यौं त्यसमा म गर्व गर्छु र एक खेलाडीको रूपमा टोलीमा योगदान गर्न जारी राख्न तत्पर छु।’
पाकिस्तानले पछिल्लो पटक बंगलादेशविरुद्धको टेस्ट सिरिजमा पहिलो पटक हार बेहोरेको थियो।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया