logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • प्रधानमन्त्री बालेनको योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल

    802Shares
    प्रधानमन्त्री बालेनको योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल

    काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले अर्थमन्त्रीसहित राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन्।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमा सरकारका राष्ट्रिय प्राथमिकता, सम्बन्धित निकायहरूको जिम्मेवारी, आगामी कार्यक्रम तथा बजेटको तयारीबारे विस्तृत रूपमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    त्यसैगरी, सरकारी कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका चुनौतीहरू, अवरोधहरू र सुधारका सम्भावित उपायहरूबारे पनि सहभागीहरूले आफ्ना धारणा राखिरहेका छन्।

    सरकारको नीति तथा योजना कार्यान्वयनलाई थप प्रभावकारी बनाउने उद्देश्यले उक्त छलफल आयोजना गरिएको जनाइएको छ।



    फास्ट न्युज    
  • २०८३ बैशाख ८, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट