logo

२०८३ बैशाख २० आईतवार

logo
  • २०८३ बैशाख २० आईतवार
  • नेकपा र क्रान्तिकारी कम्युनिष्ट पार्टीबीच एकता

    943Shares
    नेकपा र क्रान्तिकारी कम्युनिष्ट पार्टीबीच एकता

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी र क्रान्तिकारी कम्युनिष्ट पार्टी विद्रोहीबीच ऐतिहासिक एकता भएको घोषणा गरिएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच उक्त एकता घोषणा भएको हो । उनीहरुले यो एकता र ध्रुवीकरणले एकीकृत जनक्रान्तिका मित्र वर्ग, शक्ति र समुदायलाई एकताबद्ध बन्न एक कदम अगाडिबाट सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरेका छन् ।

    सोही क्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले देशका तीन ठूला दलले नेपालको नेतृत्व गर्दा देश र जनतालाई के दियो भनेर हेर्ने हो भने प्रश्नबाहेक केही नदेखिएको बताए ।

    उनले भने, ‘नेपाली काङ्ग्रेस ६ सालदेखि देशको नेतृत्व गर्ने मौका पाएको छ र धेरै पटक प्रधानमन्त्री पनि भइसकेको छ । अहिले पनि नेपाली काङ्ग्रेस सरकारमा छ, तर काङ्ग्रेसले नेतृत्व गरेपछि नेपाली जनतालाई के दिन्छ भन्ने कुरामा स्पष्टता छैन । नेकपा एमालेको नेतृत्वमा सरकार छ, तर एमालेले देशलाई के दियो र के दिने चाहना छ भनेर सोच्ने हो भने प्रश्नमात्र देखिन्छ । माओवादी केन्द्रले पनि एकताको कुराहरु गरिरहेकै छ, तर तीन पटक प्रधानमन्त्री हुँदा पनि जनतालाई के दिन्छ भन्ने कुरा प्रश्न नै छ ।’

    यस्तै क्रान्तिकारी कम्युनिस्ट पार्टी विद्रोही संयोजक जितेन्द्र सीले जनताको अवस्था परिवर्तनको लागि देशभर नै अभियान सञ्चालन गर्ने भन्दै एक महिनाभित्र देशभर यो अभियानलाई लाने प्रतिबद्धता व्यक्त गरेका छन् ।



    फास्ट न्युज    
  • २०८१ पुष २०, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार