logo

२०८२ कार्तिक २३ शनिबार

logo
  • २०८२ कार्तिक २२
  • साफ यु–२०ः बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता

    802Shares
    साफ यु–२०ः बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता

    काठमाडौं । आयोजक नेपाल साफ यु–२० च्याम्पियनसिपमा समूह ‘ए’ को विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २–१ ले पराजित गर्दै समूह विजेता बनेको हो ।

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालको जितमा समिर तामाङ र निराजन धामीले समान १–१ गोल गरेका थिए ।

    खेलको १७ औँ मिनेटमा समिरले नेपाललाई अग्रता दिलाएका थिए । नेपाली खेलाडीले क्लियर गरेको बललाई बंगलादेशी गोलकिपर मोहदी हसन सर्बोनले गरेको गम्भीर गल्तीको फाइदा नेपालले लियो । नेपाली खेलाडीले डिबक्सबाट क्लियर गरेको बल अगाडि आएर सहज क्लियर गर्नुपर्नेमा उक्त बलमा चुक्दा समिरले गोलरक्षकबाट खोस्दै सहज रुपमा गोलमा परिणत गरेका थिए ।

    समूहमा दुवै खेल जितेको नेपालले ६ अङ्क बनायो । समान खेलबाट बङ्गलादेशले तीन अङ्क जोड्यो । यस समूहमा लगातार दुई हार खेपेको श्रीलङ्का च्याम्पियनसिपबाट बाहिरिएको हो ।

    समूह विजेताका लागि दुई टोलीबिच भएको प्रतिस्पर्धात्मक खेलमा नेपाललाई जिताउन समीर तामाङ र नीराजन धामीले गोल गर्नुभयो । बङ्गलादेशका लागि मिरजुल इस्लामले गोल फर्काउनुभयो ।

    नेपालले १७औँ मिनेटमा समीरको गोलमार्फत अग्रता लिएको हो । दुई मिनेट लगत्तै नीराजनले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाउनुभयो ।

    पाकिस्तानबाहेक ६ टोलीको सहभागिता रहेको प्रतियोगितामा समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान रहेका छन् । भारत अघिल्ला तीन संस्करणको विजेता टोली हो ।समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।



    फास्ट न्युज    
  • २०८१ भाद्र ६, बिहीबार १२:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार