काठमाडौं । गुजरात टाइटन्सविरुद्ध ९२ रनको सहज जित निकाल्दै साविक विजेता रोयल च्यालेन्जर्स बेंलुरु इन्डियन प्रियिमर लिग (आईपीएल)को फाइनल प्रवेश गरेको छ । बेंलुरु लगातार दोस्रो तथा समग्रमा पाँचौँपटक आईपीएलको फाइनलमा पुगेको हो । गत संस्करणको च्याम्पियन बेंलुरु सन् २००९, २०११ र २०१६ मा उपविजेता बनेको थियो ।
मंगलबार धर्मशालामा सम्पन्न पहिलो क्वालिफायरमा बेंलुरुले प्रस्तुत गरेको को २५५ रनको लक्ष्य पछ्याएको गुजरात १९.३ ओभरमा १६२ रनमै समेटियो । गुजरातका राहुल तेवातियाले ६८ रनको इनिङ खेले पनि त्यो गुजरातका लागि पर्याप्त बन्न सकेन । उनले ४३ बलमा आठ चौका र चार छक्का प्रहार गरे । जस बट्लरले २९ तथा साइ सुदर्शनले १४ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । बेंलुरुका ज्याकोब डफीले तीन विकेट लिए । भुवनेश्वर कुमार, रसिख सलाम र क्रुनाल पान्ड्याले सामन दुई विकेट हात पार्दा तथा जोश हेजलउडको नाममा एक विकेट रह्यो ।त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको बेंलुरुले निर्धारित २०ओभरमा ५ विकेट गुमाएर २५४ रन बनाएको थियो ।
बेंलुरुका कप्तान रजत पाटिदारले शानदार अविजित ९३ रनको इनिङ खेले । आक्रमक ब्याटिङ गरेका उनले ३३ बलमा नौ छक्का र पाँच चौका प्रहार गरे । २० रनमा खेलिरहँदा जीवनदान पाएका पाटिदारले त्यसपछि थप ७३ रन जोडे । विराट कोहली र क्रुनाल पान्ड्याले समान ४३ रन बनाए । वेंककटेश अय्यरले १९ रन जोड्दा जितेश शर्मा १५ रनमा अविजित रहे । गुजरातका कगिसो रबाडा र जेसन होल्डरले समान दुई विकेट लिँदा प्रसिद्ध कृष्णाले एक विकेट हात पारे ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया