logo

२०८३ जेष्ठ १४ बिहीबार

logo
  • २०८३ जेष्ठ १४ बिहीबार
  • बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास

    727Shares
    बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास

    विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख अम्बरबहादुर विष्टले प्रदेश सभा बैठक सञ्चालन गर्न खोजेपछि राईले प्रदेश सभाको रोस्ट्रममा माइक फाल्न पुगेका हुन् ।

    माइक फाल्ने प्रयास गर्दा उनलाई मर्यादा पालककले रोकेका थिए । प्रतिपक्षी सांसदको सिटबाट कुदेर रोस्ट्रममा पुगेका उनले माइक फाल्न खोजेपछि मर्यादा पालकले रोकेर रोस्ट्रमबाट तल झारेका थिए ।

    सभामुखले सांसदलाई मर्यादामा बस्न आग्रह गरे । मंगलबारको प्रदेश सभा बैठकमा संशोधनको समय नदिई नीति तथा कार्यक्रम पारित गरेपछि प्रतिपक्षी दलले विरोध गरेका थिए ।

    बुधबारको बैठकमा पनि प्रतिपक्षले विरोधलाई निरन्तरता दिए । प्रतिपक्षको विरोधपछि सभामुखले प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित गरेका छन् ।



    फास्ट न्युज    
  • २०८३ जेष्ठ १३, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार