काठमाडाै । दुईजना प्रहरी सहायक हबलदारसहित नेपाल प्रहरीका १६ जना प्रहरी सम्पर्कविहीन भएका छन्। दुई महिनाभन्दा लामो समयदेखि सम्पर्कविहीन बनेका उनीहरुलाई एक साताभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ।
प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै १६ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको कारण उनीहरुलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। गैर हाजिर हुनेमा सहायक दुईजना सहायक हबलदार, १२ जना प्रहरी जवान र दुईजना कार्यालय सहयोगी छन्।

© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया