काठमाण्डाै । राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वसञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई मानव अधिकार उल्लङ्घनकर्ता ठहर गर्दै कारबाहीको सिफारिश गरेको छ ।
गएको भदौ २३ र २४ गतेको घटनाबारे गठन भएको अनुसन्धान समितिको प्रतिवेदनका आधारमा आयोगले कारबाहीको निर्णय गरी प्रधानमन्त्री कार्यालयमा सिफारिश बुझाएको हो । अहिले प्रचलित कानूनमा सजायको व्यवस्था नभएकाले कानून बनाएर पनि कारबाही गर्न आयोगले सरकारलाई सुझाव दिइएको छ ।
सिफारिश अनुसार उल्लङ्घनकर्तालाई बढीमा ६ महिना कैद, ३ लाख रुपैयाँ जरिवाना र कम्तीमा ५ वर्ष राजनीतिक पदमा उम्मेदवार हुन नपाउने व्यवस्था गर्न भनिएको छ । अध्ययन प्रतिवेदनका निर्णय र सरकारलाई गरिएको सिफारिश अन्तर्गत कारबाही सिफारिश खण्ड आज आयोगले सार्वजनिक गरेको हो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया