logo

२०८३ बैशाख १० बिहीबार

logo
  • २०८३ बैशाख १० बिहीबार
  • बुवा र भाइको हत्या आरोपी खोटाङका एक युवकले गरे आत्मसमर्पण

    934Shares
    बुवा र भाइको हत्या आरोपी खोटाङका एक युवकले गरे आत्मसमर्पण

    बालकोट । बालकोटमा बुबा र भाइको हत्या गरी फरार रहेको आरोप लागेका मिलन आचार्यले प्रहरीमा आत्मसमर्पण गरेका छन्। भक्तपुरको सूर्यविनायक नगरपालिका– २, बालकोटस्थित डेरामा सोमबार बिहान मृत भेटिएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय कान्छा छोरा प्रवीणको हत्या मिलनले गरेको आशंकासहित प्रहरीले उनलाई खोजी गरिरहेको थियो।

    मिलन कुलप्रसादका जेठा छोरा हुन्। २५ वर्षीय मिलन मंगलबार बिहान आफै महाराजगन्जस्थित प्रहरी वृत्तमा पुगेर घटना विवरण सुनाउँदै आत्मसमर्पण गरेको प्रहरीको भनाइ छ। जिल्ला प्रहरी परिसर भक्तपुर प्रमुख एसपी माधव बुढाथोकीले सञ्चारमाध्यमसँग भने, ‘उहाँ (मिलन) हाम्रो सम्पर्कमा आउनुभएको छ। जिल्ला प्रहरी परिसरमा ल्याउँदै छौँ।’भक्तपुरको बालकोटमा मृत भेटिएका बाबुछोराको हत्या शनिबार राति नै भएको खुलेको र त्यसमा मिलन संलग्न रहेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।



    फास्ट न्युज    
  • २०८१ पुष ९, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट