logo

२०८१ माघ ६ आइतबार

logo
  • आइतबार, ६ माघ २०८१
  • तोलामा तीन सय रुपियाँले घट्यो सुनको मूल्य

    तोलामा तीन सय रुपियाँले घट्यो सुनको मूल्य

    858
    SHARES
    तोलामा तीन सय रुपियाँले घट्यो सुनको मूल्य
    काठमाडौँ, ३१ वैशाखः स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला रु एक लाख ३८ हजार चार सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३८ हजार एक सय निर्धारण भएको छ ।
    यस्तै तेजाबी सुन आइतबार रु एक लाख ३७ हजार सात सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३७ हजार चार सय ५० निर्धारण भएको छ ।
    त्यस्तै चाँदीको मूल्य तोलामा रु १० ले ओरालो लागेको छ । आइतबार प्रतितोला रु एक हजार सात सय २५ मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार सात सय १५ निर्धारण भएको छ ।


    फास्ट न्युज
  • सोमबार, ३१ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट