काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यलोन्जर्स बैंगलुरुले रोमाञ्चक जित हात पारेको छ ।गए राति राजपुरमा सम्पन्न खेलमा मुम्बई इन्डियन्सलाई २ विकेटले हराउँदै बैंगलुरु विजयी भएको हो । १६७ रनको लक्ष्य पछ्याएको बैंगलुरुले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा पूरा ग¥यो।
बैंगलुरुका क्रुणाल पाण्ड्याले ७३ रनको अर्धशतकीय पारी खेले । जकोब बेथेलले २७ रन बनाए । जितेश शर्माले १८ तथा देवदत्त पडिक्कलले १२ रन बनाए । मुम्बईका कोर्बिन बोशले सर्वाधिक ४ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६६ रन बनाएको थियो ।
मुम्बईका तिलक वर्माले ५७ रनको अर्धशतकीइ इनिङ खेले । नमन धिरले ४७, रोहित शर्माले २२, राज बावले १६ तथा विल ज्याक्सले १० रनको योगदान दिए ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया