काठमाडौं । टर्कीबाट काठमाडौं आएको जहाजको ल्यान्डिङ गियरमा देखिएको आगोका कारण रोकिएको विमानस्थल पुनः सुचारु भएको छ । इस्तानबुलबाट २७८ जना यात्रु बोकेर काठमाडौं आएको जहाज ल्यान्ड गर्नासाथ धावनमार्गमा टर्न गर्न खोज्दा आगो देखिएको थियो ।
त्यसपछि यात्रुलाई आकस्मिकरुपमा बाहिर निकालिएको थियो । उक्त जहाजमा देखिएको आगो निभाउने, उद्धारलगायतका कामले रोकिएको विमानस्थल पुनः सुचारु भएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया