logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • एसिया कप छनोट: नेपाल भियतनामसँग पराजित

    1KShares
    एसिया कप छनोट: नेपाल भियतनामसँग पराजित

    काठमाडौं।  एएफसी एसिया कप २०२७ को छनोटको तेस्रो चरणको खेलमा नेपाल भियतनामसँग ३-१ ले पराजित भएको छ।पहिलो हाफ १-१ गोलको बराबरी भए पनि दोस्रो हाफमा १० खेलाडीमा समेटिएको नेपालविरुद्ध भियतनामले २ गोल थप्न सफल भयो।खेलको नवौं मिनेटमै भियतनामले ताइन लिन्हको गोलमार्फत नेपालविरुद्ध सुरुवाती अग्रता लिएको थियो। तर, नेपालले खेलमा फर्किँदै खेल बराबरीमा ल्यायो। नेपाललका लागि १७ औँ मिनेटमा सनिश श्रेष्ठले गोल गर्दै खेल बराबरीमा ल्याए।पहिलो हाफमै भियतनामले दबाब बढाउँदै २५ औँ मिनेटमा गोल गरेको भए पनि उक्त गोललाई अफसाइड घोषित गरियो। सोही समयमा नेपालका प्रशिक्षक म्याट रोसले पहेंलो कार्डसमेत पाए।

    पहिलो हाफमै गोल फर्काए पनि अतिरिक्त समयमा नेपाल १० खेलाडीमा समेटिँदा दोस्रो हाफमा नेपाली टोली दबाबमा परेको थियो। नेपालका लागि लकेन लिम्बु पहिलो हाफको इन्जुरी समयमा रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए।

    दोस्रो हाफमा सुरुवातबाटै १० खेलाडीमा समेटिएको नेपालविरुद्ध दबाब बढाउँदै भियतनामले ६७ र ७२ औँ मिनेटमा गोल गर्दै नेपालविरुद्ध सहज जितको बाटो तय गरेको थियो।



    फास्ट न्युज    
  • २०८२ आश्विन २४, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट