logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • आयोजकलाई हराउँदै एपिएफ सेमिफाइनल

    976Shares
    आयोजकलाई हराउँदै एपिएफ सेमिफाइनल

    काठमाडौं । विभागीय टोली एपिएफले रुपन्देहीकै पुरानो र प्रतिष्ठित तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा स्थान बनाएको छ ।   देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा आइतबार सम्पन्न खेलमा एपिएफले आयोजक करेन्ट रुपन्देही–११ लाई १–० ले पराजित गरेको हो । अब एपिएफले फाइनल प्रवेश गर्न संकटा र जर्जियन एफसीबीचको विजेतासँग खेल्ने छ । यी दुईको खेल सोमबार हुनेछ ।एपिएफ र रुपेन्देहीबीचको खेल शनिबार नै सकिने तय थियो। तर, खराब मौसमका कारण ६५ मिनेटपछिको खेल आइतबार खेलाइएको हो । एपिएफलाई अन्तिम चारमा पुर्याउन हरि कार्कीले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको १८औं मिनेटमा गोल गरेका थिए ।

    खेलको ‘म्यान अफ द म्याच’ एपिएफका गोलकिपर विशाल गुरुङ घोषित भए । प्रतियोगिताको २३औं संस्करणको विजेताले नगद १२ लाख १२ हजार २२२ रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेता टिमले ६ लाख, ६६ हजार, ६६६ रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षकलाई नगद ३१ हजार प्रदान गरिने छ । प्रतियोगीतामा आयोजक करेन्ट रुपन्देही–११ सहित संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्वाइज युनाइटेड, नेपाल पुलिस क्लब, नेपाल सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा दुई विदेशी टिमहरु एडोर्न गडवाल स्पोर्टिङ क्लब, जर्जियन एफसी गरि आठ टिम सहभागी छन् ।



    फास्ट न्युज    
  • २०८१ चैत्र १०, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट