काठमाडौँ । विश्वकपअन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा स्विट्जरल्याण्डले बोस्निया हर्जगोभिनालाई ४–२ गोलअन्तरले पराजित गर्दै महत्वपूर्ण जित निकालेको छ।
पहिलो खेलमा कतारसँग १–१ को बराबरी खेलेको स्विट्जरल्याण्डले दोस्रो खेलमा प्रभावशाली प्रदर्शन गर्दै तीन अंक जोड्न सफल भयो।
स्विट्जरल्याण्डको जितमा जोआन मनजाम्बीले दुई गोल गरे भने रुबेन भर्गासले एक गोल थपे। मनजाम्बीले खेलको ७४औँ मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि भर्गासले ८४औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए। मनजाम्बीले ८९औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई थप मजबुत अवस्थामा पुर्याए।
बोस्निया हर्जगोभिनाका लागि इर्मान मेमिचले अन्तिम समयमा एक गोल फर्काए। खेलको ९०औँ मिनेटमा ग्रानिट जाकाले पेनाल्टीमार्फत गोल गर्दै स्विट्जरल्याण्डको जित सुनिश्चित गरे।
यस जितसँगै स्विट्जरल्याण्डले दुई खेलबाट चार अंक जोडेको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया