logo

२०८२ कार्तिक २३ शनिबार

logo
  • २०८२ कार्तिक २२
  • आइसीसी टी-२० अभ्यास खेलमा नेपालको लगातार दोस्रो जित

    919Shares
    आइसीसी टी-२० अभ्यास खेलमा नेपालको लगातार दोस्रो जित

    काठमाडौं।आइसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट अघिको अभ्यास खेलमा नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको छ।लगातार दोस्रो वार्म अप खेलमा जित निकाल्ने क्रममा नेपालले कतारलाई १६ रनले हरायो। सोमबार बेलुका सम्पन्न खेलमा नेपालले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन मात्र बनायो। कतारका लागि मुहम्मद तनभिरले ५१ तथा कप्तान मिर्जा बेगले ४० रन बनाए। नेपालका करण केसीले ३ तथा नन्दन यादव, दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले १-१ विकेट लिए।

    नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ६१ रन बनाउँदा कप्तान रोहित पौडेलले २५ रन बनाए। उनीबाहेक कुशल भुर्तेलले ११ रन बनाउँदा कुशल मल्ल १० रनमा अविजित रहे।टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १७० रन बनाएको थियो। ओपनर कुशल भुर्तेलले ३३ बलमा ५६ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले ३८ तथा कुशल मल्लले अविजित ३८ रन बनाए। कतारका मुनिर साद र इक्रमुल्लाह खानले २-२ विकेट लिँदा आरिफ उल्लाह र मुजीब उर रेहमानले १-१ विकेट लिए।



    फास्ट न्युज    
  • २०८२ आश्विन २१, मंगलवार ०२:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार