logo

२०८३ श्रावण ६ बुधबार

logo
  • २०८३ श्रावण ६ बुधबार
  • संकटाले ब्वाइज युनाइटेडलाई ३-१ ले हरायो

    1.2KShares
    संकटाले ब्वाइज युनाइटेडलाई ३-१ ले हरायो

    काठमाडौं ।संकटा क्लब एन्फा यू–१६ युथ लिगमा प्लानिङ ब्वाइज युनाइटेडविरुद्धको खेलमा ३–१ ले विजयी भएको छ ।बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा संकटालाई जित दिलाउन प्रज्वलकुमार लुम्रे र समित बलाम्पकीले समान एक गोल गरे ।
    संकटाले एक आत्मघाती गोल भने उपहार पाएको थियो । जवाफमा प्लानिङका ओम खड्काले टोलीको निम्ति एक गोल फर्काए ।खेलको ११औँ मिनेटमा प्लानिङका जियान कुवँरबाट आत्मघाती गोल भएपछि संकटाले १–० को अग्रता कायम गर्‍यो ।

    खेलको २१औँ मिनेटमा प्लानिङका ओमले गोल गरेपछि टोली खेलमा फर्कियो ।३५औँ मिनेटमा संकटाका प्रज्वलले गोल गर्दै टोलीलाई २–१ को अग्रतामा राखे । ६२औँ मिनेटमा टोलीका सुमतीले गोल गर्दै संकटालाई ३–१ को अवस्थामा पुर्‍याए ।

    यो जितसँगै संकटाले लिगमा ३७ अंक जोडेको छ । संकटाले १८ खेल खेल्दा ११ जित, चार बराबरी र तीन हारसहित यो नतिजा आत्मसाथ गरेको हो ।



    फास्ट न्युज    
  • २०८२ भाद्र १८, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट