logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • आयोजक कुसुन्तीको विजयी सुरुआत

    955Shares
    आयोजक कुसुन्तीको विजयी सुरुआत

    काठमाडौं |  आयोजक श्री कुसुन्ती युवा क्लब ‘ए’ ले दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिता सोमबार विजयी सुरुआत गरेको छ । जावलाखेल मैदानमा कुसुन्तीले बीबीसी सिंगापुर भेट्रानलाई १–० गोलले पराजित ग¥यो ।
    अन्य खेलमा फ्रिडम ‘ए’ ले सइबु भेट्रानलाई ५–०, फ्रिडम ‘बी’ ले टासी एन्ड फ्रेन्ड्स भेट्रानलाई १–० र आईयुएफसी भेट्रानले केभीसी ३२ लाई ३–० गोलले हराए ।
    प्रतियोगिताको अर्को आयोजक ललितपुर महानगरपालिका वडा १३ का अध्यक्ष गणेश केसीले एक कार्यक्रमबीच उद्घाटन गरे ।
    प्रतियोगितामा ३० टिम सहभागी । विजेताले २ लाख तथा उपविजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्ने   छन् । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र ‘म्यान अफ द सिरिज’ लाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने   छ ।
    एट ए साइड प्रतियोगितामा सहभागी टिमले ४० वर्षमाथिका ४, ४५ वर्षमाथिका ३ र ५० वर्षमाथिका १ खेलाडी सामेल गर्नु पर्ने छ । फाइनल पुस २९ गते हुनेछ ।



    फास्ट न्युज    
  • २०८१ पुष २२, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट